जिम्बावेले नेपाललाई ३८१ रनको चुनौती : नेपाललाई सुरुवातमै झट्का, दिलिप नाथ दुई रनमै आउट

काठमाडौँ, २० फागुन । आइसिसी विश्वकप छनोटअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले ३८१ रनको विजय लक्ष्य पाएको छ ।

विश्वकप छनोट अन्तरगतको पहिलो खेलमा जिम्बावेले दिएको ३८१ रनको विशाल लक्ष्य पछ्याएको नेपाललाई सुरुवातमै झट्का लागेको छ ।

ओपनर दिलिप नाथ तेन्दाई चतराले दुई रनमै आउट गरे । चार ओभरको समाप्तिमा नेपालले एक विकेट गुमाएर मात्रै १० रन जोडेको छ । अहिले क्रिजमा पारस खड्का र ज्ञानेन्द्र मल्ल रहेका छन् ।

जिम्बाब्वेस्थित क्वीन्स स्पोर्टस क्लबमा जारी खेलमा टस जितेर पहिले व्याटिङ रोजेको आयोजक जिम्बाब्वेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८० रनको योगफल बनायो ।

जिम्बाब्वेका लागि शिकन्दर राजा र ब्रेन्डन टेलरले शतक प्रहार गरे । शिकन्दरले सर्वाधिक १२३ रन जोडे भने ब्रेन्डन १०० रन जोड्दै आउट भए । त्यसैगरी जिम्बाब्वेका सोलोमन मिरेले ५२ रन बनाए ।

त्यसैगरी, सेफास झुवाओले ४१, क्रेग एर्भिनले ३४ तथा ह्यामिल्टन मासाकाड्जाले १७ रन जोडे ।

नेपालका लागि वसन्त रेग्मीले दुई विकेट लिए भने सोमपाल कामी, ललितनारायण राजवंशी र सन्दिप लामिछानेले एक÷एक विकेट लिए । नेपाल अहिले जवाफी व्याटिङमा खेलिरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।