अकूत सम्पत्तिको मुद्दा लागेका चुडामणि शर्मा ४५ लाख धरौटीमा छुटे

काठमाडौं, २० फागुन । अकूत सम्पत्तिको मुद्दा लागेका आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा ४५ लाख धरौटीमा छुटेका छन् ।

४ करोड २९ लाखको बिगो दाबी गर्दै अख्तियारले हालेको अकुत सम्पत्तिको मुद्दामा विशेष अदालत, काठमाडौंले ४५ लाख धरौटी मागेको थियो । इन्भेस्टमेन्ट बैंक ग्यारेन्टीमा धरौटी बुझाएर शर्मा छुटेका छन् ।

मुद्दाको पेसी २२ गतेलाई तोकिएको छ ।

४ करोड २९ लाख ५४ हजार १ सय २४ सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै अख्तियारले १५ माघमा शर्माविरुद्ध विशेष अदालतमा मुा हालेको थियो ।

शर्माविरुद्ध कर फछ्र्यौट आयोगले गरेको फैसलाबारे पनि मुद्दा विचाराधीन छ । अनलाईनखबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।