बिमा अबधीमा कुनै पशु मरे के हुन्छ ?

धनकुटामा पशु बिमा बढदै

धनकुटा खबर । पशु धनमा हुने नोक्सानी कम गर्न सुरु गरिएको पशु बिमा कार्यक्रम प्रति धनकुटाका किसानको आकर्षण बढेको छ ।

दुध र मासुका लागि व्यवसायीक फार्मको संख्या बढ्दै जाँदा पशुबिमाको ग्राफ पनि उभो लाग्दै गएको हो । धनकुटामा साउन यता मात्र १ सय २३ वटा गाई , १५ वटा भैँसी, ४० बटा बाख्राको विमा भएको धनकुटामा पशु विमाको जिम्मा पाएको ओरेन्टियल ईन्सुरेन्स कम्पनिकाले विमा गरेको अभिकर्ता गोरख बहादुर तामाङ्गले जानकारी दिए ।

त्यस्तै एनएलजी कम्पनीले १ सय ९८ गाई , १७ भैसी ५० बाख्राको विमा गरेको पशुसेवा कार्यलयका निमित प्रमुख पुष्पराज दाहालले जानकारी दिए । उनले भने,- ‘यसले किसानको लगानी र जोखिम कम गर्न मदत गर्छ ।’

अभिकर्ता गोरख बहादुर तामाङ्गले भने,- बिमा शुल्कमा सरकारले ७५ प्रतिशत अनुदानको ब्यबस्था गरेको छ बाँकि २५ प्रतिशत भने किसान आफैले तिर्नु पर्छ । बिमा अबधीमा कुनै पशुबस्तु मरे सम्बन्धीत कम्पनीले पिडित किसानलाई विमाको रकम बुझाउनु पर्ने प्राबधान छ ।

व्यवसायीक पशु फार्मको संख्यामा बृद्धि तथा किसानहरुमा बिमा प्रतिको बढ्दो चेतनाले यसबाट लाभ लिने किसानको संख्या उल्लेख्य रुपमा बढ्दै गएको जिल्ला पशु सेवा कार्यालय धनकुटाले जनाएको छ । धनकुटामा पशुविमाको संख्या बार्षिक रुपमा बढ्दै गएको कार्यालयको तथ्यांक छ ।

यो पनि हेर्नुहोस् – सरकारले उच्च प्राथमिकतामा राखेको भएता पनि बाली बिमा प्रति किसानको आकर्षण कम



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।