ओली सरकारलाई ‘हनिमुन पिरियड’ मनाउन दिन्नँ : देउवा

काठमाण्डौ, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन्।

पार्टी संसदीय दलको नेता चयन भएलगत्तै सभापति देउवाले केपी ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले गरेका निर्णयमाथि हस्तक्षेप गरेकाले सरकारलाई ‘हनिमुन पिरियड’ मनाउन पनि नदिने गरी संसदमा कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका हुन्।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा संचारकर्मीमाझ उनले सरकारको कार्यशैली हेर्दा ‘हनिमुन पिरियड’ मनाउन दिने अवस्था समेत नरहेको प्रतिक्रिया दिए। सरकारको सय दिने कामलाई हेरेर विरोध वा समर्थन गर्ने ठाउँ समेत ओली सरकारले नदिएको उनको आरोप छ।

सभापति देउवाले आफ्नो पार्टी बहुदलीय संसदीय परिपाटी अनुसार अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे। सभापति देउवा सोमबार नै पार्टी संसदीय दलको नेतामा भारी मतका साथ विजयी भएका थिए।

६३ सदस्यीय संसदीय दलमा सभापति देउवाले ४४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी प्रकाशमान सिंहले १९ मत प्राप्त गरेका थिए। – सेतोपाटीबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖