२४ लाखको लगानीमा कृषि फार्म

बाबियाचौर, म्याग्दी, २२ फागुन । बेनी नगरपालिका– १० पात्लेखेतमा एक युवाले रु चौबीस लाख लगानी गरेर कृषि फार्म स्थापना गरेका छन् ।

छत्तीस वर्षीय भविन्द्र पाइजाले ‘आशिर्वाद कृषि फार्म’ स्थापना गरेर व्यावसायिक रुपमा बाख्रापालन र च्याउखेती शुरु गर्नुभएको हो । बाख्रा खरिद र पूर्वाधार निर्माणमा सो रकम लगानी गरेको पाइजाले बताउनुभयो ।

उमेर समूह अनुसारका बाख्रा राख्नका लागि छुट्टाछुट्टै कोठा भएको खोर बनाइएको छ । फार्ममा हाल ६० वटा जमुनापारी, खरी, अजमेरी र बोयर जातका बाख्रा छन् । गत साउनमा स्थापना भएको सो फार्मबाट हालसम्म रु ८५ हजार बराबरको पाठापाठी बिक्री गरिसकेको उहाँले बताउनुभयो ।

बाख्राको नश्ल सुधारका लागि रु ५० हजारमा बोयर जातको बोका पाल्नुभएको छ । बाख्रापालनसँगै उहाँले ५५० मुडामा सिताके जातको च्याउखेतीसमेत गर्नुभएको छ । बाख्राको आहारका लागि पाखोबारीमा तीन हजार ५०० डालेघाँसका बिरुवा रोप्नुभएको छ भने तीन रोपनी खेतमा जैघाँस लगाउनुभएको छ ।

पाइजाले ११ वर्षसम्म दक्षिण कोरियामा काम गर्नुभएको थियो । कोरियामा मनग्य आम्दानी भए पनि दुःख धेरै भएको उहाँ बताउनुहुन्छ । “केही गर्नुपर्छ भन्ने लागेर बाख्रापालन शुरु गरेको हुँ,” उहाँले भन्नुभयो, “बाख्राको संख्या बढाएर १५० पुर्याउने लक्ष्य छ ।” डेढ सय बाख्रा पाल्दा वार्षिक रु दश लाखसम्म आम्दानी गर्न सकिने पाइजाले बताउनुभयो ।

मासु र पूजाआजाका लागि गाउँ र सदरमुकाम बेनी बजारमा खसीबोका खपत हुने गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।