बोक्सीको आरोपमा १८ वर्षीया किशोरीमाथि कुटपिट, प्रहरीले नै उजुरी दर्ता गर्न मानेन

कैलाली, फागुन २५ । फागुन २४ गते महिला दिवसको दिन बोक्सीको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–५ की १८ वर्षीया किशोरी राधा चौधरीमाथि कुटपिट भएको छ ।

उहाँलाई गाउँकै गुरुबा भनिने रामबहादुर चौधरीले आफ्नो घरमा भएको पूजामा नआएको भन्दै बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भीर घाइते भएकी किशोरीको सेती अञ्चल अस्पताल कैलालीमा उपचार भइरहेको छ ।

गुरुबाले कुटपिट गरेपछि राधाका आफन्त र केहि स्थानीयबासिन्दाले प्रहरी चौकी सुख्खडमा उजुरी गर्न गएको भए पनि प्रहरीले उजुरी नै गर्न मानेन । प्रहरीले उजुरी गर्न नमानेपछि घोडाघोडी नगरपालिका ५ का वडाध्यक्ष राम रोकायले आएर मिलापत्र गराउने भन्दै सबैलाई चौकीबाट लिएर गएका थिए । र राधालाई घोडाघोडीको अस्पतालमा भर्ना गरिएको थियो ।

तर आज किशोरीमाथि कुटपिट भएको भिडियो सार्वजनिक भएपछि स्थानीय मानवअधिकारकर्मीहरुको टोली घोडाघोडीमा पुगेको थियो । मानवअधिकारकर्मीले दवाव दिएपछि प्रहरीले गुरुबालाई पक्रेको छ । उनलाई अहिले जिल्ला प्रहरी कैलालीमा ल्याइएको छ ।

घाइते किशोरीलाई पनि उपचारका लागि घोडाघोडीबाट सेती अञ्चल अस्पतालमा ल्याइएको छ । कुटपिटमा संलग्न गुरुबा पक्राउ परे पनि किस्मती चौधरीलाई भने प्रहरीले अझै पक्राउ गरेको छैन ।

https://youtu.be/WdAHz9C_Ng8



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।