मन्त्री लालबाबु पण्डितलाई यातायात व्यवसायीको काउन्टर,- ‘गाडी उमेरले बुढो हुँदैन’

नेपालगन्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यातायात क्षेत्रमा देखा परिरहेका समस्या समाधान गर्न ‘अधिकार सम्पन्न यातायात प्राधिकरण’ बनाउनुपर्ने आवश्यकता औल्याएका छन्। प्राधिकरण बनाउन महासंघले सरकारसँग पहल गरिरहेको उनले बताए।

नेपालगन्जमा शनिबार पत्रकारसँग कुराकानी गर्दै कर्माचार्यले भने, ‘अधिकार सम्पन्न यातायात प्राधिकरण बनाउन मैले पहल गरिरहेको छु, यसको लागि प्रपोजल तयार पार्ने काम भइरहेको छ।’ महासंघका अध्यक्ष कर्माचार्यले यातायात क्षेत्रलाई हेर्ने छुट्टै निकाय हुनुपर्ने बताए। ‘जबसम्म यातायातलाई हेर्ने छुट्टै निकाय स्थापना गरिदैन, तबसम्म सुधार आउँदैन,’ उनले भने।

यातायात व्यवस्था ऐन २०४९ पुरानो भइसकेको बताउँदै ऐन परिमार्जन गर्नुपर्ने आवश्यकता पनि औल्याए। सरकारले एकतर्फी रुपमा निर्णय गरेर २० वर्षसम्म चलेका यातायात साधनलाई हटाउन लागेकोमा असन्तुष्टी जनाउँदै उनले भने, ‘गाडी उमेरले बुढो हुदैन, गाडीको उमेरभन्दा मर्मत सम्भारको कुरा महत्वपूर्ण हो, मर्मत भएन भने ३ वर्ष चलेको गाडीबाट पनि प्रदुषण निस्कन्छ।’ महासंघको सहमतिविना गरिएका उक्त निर्णय मान्य नभएको अध्यक्ष कर्माचार्यले बताए। सरकारले २० वर्ष चलेका गाडी हटाउन खोज्नुको भित्री कारण अर्कै भएको उनको दाबी छ।

अधिकांश यातायात व्यवसायी समितिसँग पुरानो गाडी नभएको अध्यक्ष कर्माचार्यले जिकिर गरे। ‘सरकारले २०७५ साल कात्तिकमा पनि राजपत्रमै सूचना प्रकाशित गरेर यो निर्णय लाद्न खोजेको थियो, तर कार्यान्वयन गर्न सकेन,’ उनले भने। पञ्चायत सरकारको पालादेखी नै यातायात व्यवसायीहरु लड्दै आएको बताए।

आफ्नो जोखिम मोलेर भएपनि मुलुकका दुर्गम क्षेत्रमा सेवा दिई यातायात व्यवसायीले सरकारले समेत गर्न नसकेको सेवा दिएको उनको जिकिर छ। अध्यक्ष कर्माचार्यले अगाडी थपे, ‘हामी पेशाले ब्यवसायी हौं, तर हाम्रो पनि यो देशको लागि योगदान छ, हामीले सेवा मुलक व्यवसाय गरिरहेका छौं।’ सो क्रममा महासंघका उपाध्यक्ष सानुकाजी प्रजापति, केन्द्रिय सदस्य गोविन्द पौडेल लगायत यातायात ब्यवसायीको सहभागिता रहेको थियो। नागरिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।