विश्वकप छनोट : नेपालको लगातार तेस्रो हार, अफगानिस्तानसँग ६ विकेटले पराजित

काठमाडौँ, २६ फागुन । आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।

आज भएको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १९५ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३८।४ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो ।

अफगानिस्तानका लागि नाजिबुल्लाह जादरन ५२ रनमा नटआउट रहे, भने रहमत शाहले ४६, मोहम्मद नाबीले ३४, जावेद अहमदले २६ र कप्तान रसिद खानले २१ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९।५ ओभरमा अल आउट हुँदै १९४ रन जोडेको थियो ।

नेपालका लागि कप्तान पारस खड्काले ७५ रनको उत्कृष्ट पारी खेले पनि अन्य व्याट्स्म्यानले खेल्न नसक्दा सस्तैमा समेटिन पुग्यो । ८२ बल खेलेका कप्तान खड्काले एक छक्का र १० चौकाको मद्दतले ७५ रन बनाए ।

यस्तै, दीपेन्द्र सिंह ऐरीले ३२, उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रन बनाए भने अनिल साह सात रनमा आउट भएका थिए ।

त्यसैगरी, रोहितकुमार पौडेलले एक, आरिफ शेखले २३, सोमपाल कामीले नौ र करण केसी छ रन बनाएर आउट भए ।

अफगानिस्तानका मोहम्मद नाबीले चार तथा रसिद खानले तीन विकेट लिए ।

नेपालले अर्को खेल आगामी सोमबार हङकङसँग खेल्नेछ । नेपालले यसअघि जिम्बाब्वे र स्कटल्याण्डसँग हार बेहोरिसकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖