घोडाघोडीका मेयरमाथि एमालेले कारबाही थाल्यो

काठमाडौँ । स्थानीय युवती राधा चौधरीमाथि बोक्सी आरोपमा कुटपिट गरिएको घटना मिलापत्र गराएपछि विवादमा तानिएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि नेकपा एमालेले छानबिन थालेको छ ।

घोडघोडी नगरपालिका–५ देउकलीमा १८ वर्षीय राधा चौधरीमाथि स्थानीय धामी रामबहादुर चौधरीसहितले नारी दिवसका दिन सयौँ गाउँलेमाझ कुटपिट गरेको घटना मिलापत्र गराएपछि चौधरी विवादित भएका थिए ।

बोक्सी आरोपमा राधामाथि कुटपिटपछि इलाका प्रहरी कार्यालय सुख्खडमा मेयरकै उपस्थितिमा घटना मिलापत्र गरेको पाइएपछि सरकारमाथि पनि दबाब परेको छ ।

एमाले कैलालीले बनायो समिति

नेकपा एमाले कैलालीका सचिव रणबहादुर चन्दले राधामाथि भएको ज्यादती र एमालेबाट निर्वाचित मेयर ममताप्रसादको भूमिकाबारे विस्तृत अध्ययन गर्न एक कमिटि बनाइएको जानकारी दिए ।

‘हामीले छानबिन थालिसकेका छौँ, मेयर चौधरीसँग पनि हामीले कुराकानी गरिसकेका छौँ’, उनले भने, ‘हाम्रो टोलीले घटनास्थलमा पुगेर त्यहाँका प्रत्यक्षदर्शी, प्रहरी र पीडितपक्षसँग विस्तृत बुझेर कारबाही अघि बढाउँछौँ ।’

बोक्सी आरोपमा कुटपिटको गम्भीर घटना पनि मेयरले मिलापत्र गराएको भन्दै चर्को आलोचान भएको थियो । सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा पनि आलोचना भएपछि मेयर चौधरीले शनिबार विज्ञप्ती निकाल्दै आफूले मिलापत्र नगराएको उल्टै धामीलाई पनि पक्रन सघाएको स्पष्टिकरण दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशन

घटनाको चार दिनपछि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राधामाथिको बर्बर घटनामा कसैलाई छुट दिन नसकिने बताउँदै तत्काल छानबिन प्रक्रिया थाल्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशनसँगै एमाले कैलालीले पनि छानबिन समिति बनाएको हो । उता, प्रमको निर्देशनसँगै इलाका प्रहरी कार्यालय सख्खडका निमित्त इन्चार्ज सई दिनेश विष्टलाई पनि जाहेरी दर्ता नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीले निलम्बनप्रक्रिया अघि बढाएको छ ।

यसैबीच राधामाथि कुटपिटमा संलग्न स्थानीय २० वर्षीय किस्मती चौधरीलाई प्रहरीले आइतवार घरैबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

उनीसँगै कुटपिटमा संलग्न धामी रामबहादुर चौधरीमाथि जिल्ला अदालतमा म्याद थपेर मुद्दा दर्ता गर्न लागिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी सागर बोहोराले जानरकारी दिए । अन्नपूर्ण



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।