पत्रकार ऋषि धमलाले अङ्ग्रेजीमा सोधिएको प्रश्नको जबाफ हिन्दिमा दिएपछि भिडियो भाईरल : धमला पत्नी एलिजाको यस्तो प्रतिक्रिया – भिडियो सहित
सोमबार नेपालको एकमात्र बिमानस्थल त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भएको युएस बाङ्ग्ला एअरको दुघर्टनापछि विश्वभरका मिडियाका ध्यान नेपालमा गयो । ५० जना भन्दा बढिको ज्यान जानेगरी भएको दुघर्टनको रिर्पोटिङका लागि विश्वभरका मिडियाका प्रतिनिधीहरु काठमाण्डौँमा थिए । यस्तैक्रममा भारतको डिडिन्युज च्यानलले पनि नेपालमा भएको हवाई दुघर्टनाको समाचार सम्प्रेषण गर्यो ।
यस्तैक्रममा नेपालबाट दुघर्टनाको बारेमा जानकारी लिनको लागि पत्रकार ऋषि धमलालाई टेलिभिजनबाट फोन आयो । टेलिभिजनबाट बिमान दुघर्टनाको बारेमा अंग्रेजीमा प्रश्नहरु सोधियो तर ऋषि धमलाले त्यसको उत्तर हिन्दीमा दिए ।
ऋषिले हिन्दीमा उत्तर दिएको भिडियो अहिले सामाजिक संजालमा भाईरल भईहेको छ । धेरैले ऋषिको यो कुराको कडा बिरोध गरेका छन् भने कतिले सहज रुपमा लिएका छन् । हेरौँ ऋषि धमलाले विमान दुघर्टनाको बारेमा भारतीय टेलिभिजनलाई दिएको जानकारीको भिडियोः
https://youtu.be/kv4sqn3JwKE
सामाजिक संजालमा पत्रकार ऋषि धमलाले अंग्रेजीमा नबोलेको प्रसङ्ग र भिडियो भाईरल बनिरहँदा नायिका तथा धमला पत्नी एलिजा गौतमले त्यसको कडा प्रतिवाद गरेकी छिन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै एलिजाले सबैले सामाजिक संजालमा टाईमपास गर्नको लागि राम्रो मेलो पाएको प्रतिक्रिया दिएकी छन् । स्टाटस लामो स्टाटसमा एलिजा यस्तो लेखेकी छिन्



