प्रधानमन्त्री कार्यालय मातहत ल्याइयो यि तीन शक्तिशाली बिभाग

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभाग समेत प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको छ । तर यी विभाग प्रधानमन्त्री मातहत ल्याउने निर्णयमा हतारता देखाइएको पाइएको छ ।

यसमा प्रर्याप्त छलफलसमेत नभएको पाइएको छ । माओवादीका मन्त्री सहभागी नभएको मन्त्रिपरिषद बैठकले यससम्बन्धी निर्णय लिएको छ । निर्णयहरू राजपत्रको अतिरिक्ताङ्क अङ्कमा प्रकाशित छन् ।

गत फागुन १६ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो तर त्यो बैठकमा बारेका माओवादीका २ मन्त्री रामबहादुर थापा र मातृका यादव सहभागी भएनन् ।

जबकि सो बैठकभन्दा २ दिन पहिले थापा र यादवले फागुन १४ गते मन्त्रीको शपथ लिइसकेका थिए ।

प्रधानमन्त्री कार्यलय स्रोतले भन्यो– ‘एमालेका मन्त्रीहरू मात्र सहभागी फागुन १६ गतेको उक्त बैठकको निर्णयको माइन्युट भने फागुन ११ गतेको मितिमा लेखिएको थियो । सोहीअनुसार ११ गतेको मितिमा राजपत्रमा यससम्बन्धी सूचना प्रकाशन गरियो ।’

बैठकले गृहमन्त्रालय मातहतको महत्वपूर्ण विभाग राष्ट्रिय अनुसन्धान विभाग, अर्थमन्त्रालय मातहतको राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालयको मातहत ल्याउने निर्णय गरेको थियो ।

गृहमन्त्रालय मातहत रहेको महत्वपूर्ण अङ्ग राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत लैजान गृहमन्त्रीसँग परामर्श गर्नुपर्ने भए पनि प्रधानमन्त्रीले यस्तो छलफल नगरेको गृहमन्त्रालय सम्बद्ध स्रोतको भनाइ छ ।

आफूनिकटको विभाग छलफलबिना प्रधानमन्त्रीले कटौती गर्ने र सचिव सरुवा एकलौटी ढङ्गले गरेको भन्दै गृहमन्त्री रामबहादुर थापालगायत माओवादी मन्त्रीहरू पार्टी अध्यक्ष प्रचण्डलाई भेट्नसमेत गएका थिए ।

उक्त निर्णय २०७४ फागुन ११ गतेको राजपत्रको खण्ड ६७ को अतिरिक्ताङ्कमा प्रकाशित भएको थियो । यो अङ्कमा प्रधानमन्त्री कार्यालयअन्तर्गत ३८ बुँदामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको कार्यविभाजन गरिएको छ ।
यस्तै चैत १ गतेको राजपत्र अतिरिक्ताङ्क ४६ मा प्रधानमन्त्री कार्यालयको कार्यविभाजन ४८ बुँदामा गरिएको छ ।

राजपत्रको यो अतिरिक्ताङ्कमा महान्यायाधिवक्ताको कार्यालय र सरकारी वकिलकको सम्पर्क निकाय पनि प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको छ ।

फागुन ३ गते प्रधामन्त्री पदको शपथ लिएका एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले लालबाबु पण्डितलाई जनसङ्ख्या तथा वातावरण थममाया थापालाई महिला, बालबालिका र समाजकल्याण मन्त्री नियुक्त गरेका थिए ।

प्रधानमन्त्रीमा पदभार ग्रहण गरेको ११ दिनपछि फागुन १४ गते उनले एमालेका २ र माओवादीका २ नेतालाई मन्त्रीमा नियुक्त गरेका थिए ।

यसरी नियुक्त हुने मन्त्रीहरूमा एमालेबाट अर्थमन्त्रीमा डा. युवराज खतिवडा, रक्षामन्त्रीमा ईश्वर पोखरेल र माओवादीबाट गृहमन्त्रीमा रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मातृका यादवलाई नियुक्त गरेका थिए ।- रातोपाटी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।