दमक गोल्डकप : उपाधिका लागि मनाङ र पुलिस भिड्ने !

दमक, २६ वैशाख । झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस भिड्ने भएका छन् ।

आज सम्पन्न अन्तिम सेमिफाइनल खेलमा मनाङले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेपछि फाइनलको यात्रा पक्का गरेको हो ।

खेलको ३० आँै मिनेटमा पहिलो गोल आर्मीका लागि टंक बस्नेतले गेरे पनि ४७ औं मिनेटमा मनाङका दीपक राईले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । त्यपछि खेलमा दुवैपक्षबाट गोल हुन सकेन र खेल निर्धारित समय १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा गएको थियो ।

टाइब्रेकरमा मनाङका सुजल श्रेष्ठ, विमल बस्नेत, कमल श्रेष्ठ, अन्जन विष्ट र हेमन गुरुङले गोल गरे भने आर्मीका लागि भरत खवास, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरेका थिए । पेनाल्टीमा आर्मीका दीपक गुरुङले गोल गर्न सकेनन् ।

उपाधि भिडन्त आउँदो शुक्रबार हुँदैछ । यसअघि मंगलबार पहिलो सेमिफाइनल खेलमा शसस्त्र प्रहरीलाई हराउँदै पुलिस फाइनलमा प्रवेश गरेको थियो ।

गोल्डकपको विजेताले रु १३ लाख ११ हजार तथा उपविजेताले रु छ लाख ११ हजार प्राप्त गर्नेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।