अब मेस्सी आफैले खेलाडी छान्ने, बाहिरियो यस्तो गोप्य रणनीति – भिडियो सहित

रुस विश्वकप फुटबलमा साविक उपविजेता अर्जेन्टिनाले कमजोर प्रदर्शन गरेको छ। पहिलो खेलमा आइसल्यान्डसँग १-१ को बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो खेलमा क्रोएसियासँग ३-०ले पराजित भयो।

अर्जेन्टिनाको पदर्शनमा खेलाडीको मात्र कमजोरी नभएर प्रशिक्षक जर्ज साम्पाओलीको ठूलो कमजोरी भएको भन्दै उनको चौतर्फी आलोचना भइरहेको छ। यही आलोचनापछि अर्जेन्टिनाले रुस विश्वकपको पहिलो चरणको अन्तिम खेलका लागि खेलाडीको छनोट प्रशिक्षकलाई मात्र नदिने भएको छ।

यसअघि सबै खेलाडीको छनोट गर्ने र मैदानमा पठाउनेकाम प्रशिक्षकले गर्दै आएका भए पनि अब नाइजेरियासँगको खेलमा भने खेलाडीको छनोट कप्तान मेसी र अन्य खेलाडी आफैंले गर्ने भएका छन्।

मंगलबार अर्जेन्टिनाले समूहचरणको अन्तिम खेल नाइजेरियासँग खेल्नेछ। यो खेलमा भारी गोल अन्तरले विजयी भए अर्जेन्टिनाको दोस्रो चरणको सम्भावना जीवितै रहन्छ। यद्यपी अर्जेन्टिनाले नाइजेरियालाई हराएर मात्र हुँदैन सोही दिन सोही समयमा हुने अर्को खेलमा क्रोएसियाले आइसल्याण्डलाई पनि पराजित गर्नुपर्नेछ।

कप्तान साम्पाओलीले खेलाडी छनोटमा ध्यान नदिएको भन्दै अर्जेन्टिना फुटबल एसोसिएसनका पदाधिकारी रुष्ट भएका छन्। खेलाडी छनोटमा विशेष ध्यान दिन प्रशिक्षकलाई ध्यानाकर्षण गराएपछि खेलाडी छनोटको जिम्मा मेसीसहितका खेलाडीलाई दिन सहमत भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

https://youtu.be/8RKQOBroKew



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।