रबि लामिछानेले यसरी जित्दै छन् ३ करोड नेपालीको मन, ‘खाल्डो पुरौं च्यालेन्ज’ दिँदै आफै पुगे सडकमा खाल्डा पुर्न बेल्चा र गाडी लिएर (भिडियो हेर्नुहोस)
सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६२ घण्टाभन्दा बढी समय टेलिभिजन टक शो चलाएर उनले विश्व रेकर्ड कायम गरेका रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन ।
जसमा कार्यक्रमको ढाचा नै जनताको चासो, गुनासो र प्रश्नसहितको विशेष भनिएको छ र रविले सोहि गरिराखेका छन्। सोहि कार्यक्रमबाटै रवि प्रायः सबैको प्रिय बनेका छन ।
केहिसमय अगाडि ‘आईसबकेट च्यालेन्ज’ जस्तै ‘खाल्डो पुरौं च्यालेन्ज’ को शुरुवात गर्दै १० जना व्याक्तिलाई आफ्नो बाटो आफै पुरौं भन्ने च्यालेन्जका साथ यस्तो सन्देश दिदैँ फेसवुक लाईभ भिडियो पोष्ट गरेका छन ।
सरकार ले गर्न नसकेको काम अब हामी आफैले गर्नु पर्छ भन्दै नेपाल र नेपालीको समग्र भलाईहुने विश्वासका साथ साबेल र गाडी लिएर खाल्डो पूर्ण निस्किएका हुन – हेर्नुहोस् उक्त लाईभ भिडियो
https://youtu.be/BuR4Snc3BVU


