निगाले र कैलेनी जलवायू परिवर्तन अनुकुलन कार्यक्रम सुरु
धनकुटा खबर । वातावरण विभागले पाइलटिङ्गका लागि धनकुटाको निगाले र कैलेनी गाउँमा जलवायू परिवर्तन अनुकुलन कार्यक्रम सुरु गरेको छ ।
तापक्रम बृद्धि, न्यून बर्षा, सुख्खा खडेरी, कुवेलामा पर्ने असिना र पानीले कृषि खेति र पर्यावरणमा परेको नकारात्मक असर कम गर्न यहाँका एकसय ५० घरमा टनेल खेति, थोपा सिंचाइ, प्लाष्टिक पोखरी निर्माण, गोठ सुधार र धुवारहित चुल्लो प्रयोगको अभियान चलाएको हो ।
वातावरण विभागको सहयोगमा स्थानीयहरु समुह बनाएरै टनेल खेति, थोपा सिंचाई गोठ र भकारो सुधारमा लागेका छन् । थोपा सिंचाइ, प्लाष्टिक पोखरी निर्माण, गोठ सुधार र धुवारहित चुल्लो प्रयोगको अभियानले स्थानियको जनजीवन सहज हुनुको साथै कार्यक्रम लाई समेत सहयोग पुगेको धनकुटा नगरपालिकाका वातावरण हाखा प्रमुख उपेन्द्र खनालले बताए ।
पाइलटिङ्गका लागि सुरु गरिएको कार्यक्रम जोखिम न्यूनिकरणका लागि प्रभावकारी देखिए अन्यत्र पनि लागु गरिने खनालको भनाई छ ।


