‘धनकुटामा ५७ वटा सचेतना मूलक कार्यक्रम’
धनकुटा खबर । लागुऔषध नियन्त्रण, घरेलु हिंसा जस्ता विषयमा नागरिकलाई जानकारी दिने लक्षका साथ जिल्ला प्रहरी कार्यलय धनकुटाले गत वर्ष जिल्लामा समुदायमा आधारित ५७ वटा सचेतना मूलक कार्यक्रमहरु सञ्चालन गरेको छ ।
स्थानिय सरोकारवाल संस्थाहरुसँगको समन्वयमा उल्लेखित कार्यक्रमहरु सञ्चालन गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी हवल्दार लक्ष्मी कोईरालाले दिनुभएको जानकारी अनुसार लैंगिक हिंसा न्यूनिकरण, नागरिक प्रहरी अन्तरक्रिया, दूर्घटना एवम् प्रकोप व्यवस्थापन, लागुऔषध नियन्त्रण, मानव वेचविखन तथा ओसारपसार विरुद्धको सचेतना मूलक कार्यक्रम चलाईएको हो ।
यस्ता कार्यक्रमहरु सञ्चालन गर्दा नागरिकमा उल्लेखित विषयको वारेमा ज्ञान हुने र सम्वन्धित विषयहरुवाट उत्पान्न हुन सक्ने जोखिम न्यूनिकरण प्रति नागरिक आफै सचेत हुने उहाले वताउनुभयो । २०७३-७४ मा प्रहरीले जिल्लामा यस्ता ५५ वटा कार्यक्रम सञ्चालन गरेको थियो ।


