आर्थिक वर्ष सकिनु २ महिना अघिनै काम सक्न समिति गठन

धनकुटा खबर । धनकुटाको चौविसे गाउँपालिका वडा नं २ को वैठकले आज विभिन्न समितिहरु गठन गरेको छ ।

वडाध्यक्ष ममिन्द्र कुमार लिम्वुको अध्यक्षतामा वसेको वैठकले खेलकुद विकास समिति र वजार क्षेत्रको ढल निकास समिति गठन गरेको हो । ९ सदस्यीय खेलकुद विकास समितिको अध्यक्षमा पदम तुम्छा,उपाध्यक्ष तुल वहादुर थापामगर,सचिव पूर्ण मगर, सहसचिव निरु मादी र कोषाध्यक्ष विद्याता मगर रहेकाछन् । अन्य सदस्यहरुमा विष्णु लिम्वु, समन याख्खा, यमकुमार मगर, दिपेन्द्र मगर र लक्की लिम्वु छन् ।

त्यस्तै ५ सदस्यीय ढलनिकास समितिको संयोजकमा चन्द्र वहादुर श्रेष्ठ,कोषाध्यक्ष मनि लिम्वु र सदस्यहरु सूर्य मादी,तारा मादी र गणेश भण्डारी रहेकाछन् ।

वैठकले ३ सदस्यीय निगरानी तथा अनुगमन समिति पनि गठन गरेको छ । यसको संयोजकमा अमृत थापा मगर र सदस्यहरु मन वहादुर मगर र मनु लिम्वुछन् । वजार क्षेत्रको ढल निकासका लागि वडाले २ लाख ५० हजार वजेट विनियोजन गरेको छ ।

वैठकमा वोल्दै वडाध्यक्ष लिम्वुले कुनैपनि योजनामा अनियमितता तथा फ्रिज हुन नदिने भन्दै आर्थिक वर्ष सकिन २ महिना वाँकी हुदै योजनाका काम सम्पन्न गर्नेगरी सञ्चालन गर्ने वताउनुभयो । उहाँले चाडै २ नं वडालाई सरसफाई यूक्त वडा घोषणा गर्ने पनि वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।