यी हुन पूर्वी पहाडका आकर्षक ताल र पोखरीहरु (भिडियो)
धनकुटाको चौबिसे गाउँपालिका रहेको वडा नं.६ स्थित राजारानी बजार संगै रहेको यो ताल १३३ रोपनीमा संरक्षित छ । यो चौबिसे क्षेत्रको मुख्य पर्यटकीय क्षेत्र हो । यो तालमा बोटिङ्ग र फिसिङ्गको व्यवस्था छ । प्राचिन समयमा उपत्यका र विशाल तालको रुपमा रहेको यो राजारानी ताल सुकेर निजिकरण भएपछि हजारौ रोपनी तालको क्षेत्र हाल प्रवद्र्धनको पखाईमा सुख्खा अवस्थामा रहेको छ । युमा माङहिम मन्दिर यहाँको अर्को धार्मिक पर्यटकीय स्थान हो ।
त्यस्तै गाउँपालिकाको वडा नं.१ मा रहेको रानी पोखरी ताल ६ नं. बुधबारे बजार देखि ३ किलोमिटर पश्चिममा रहेको छ । पुनरत्थान शुरु गरिएको यो ताल करिव २ सय रोपनीमा फैलिएको छ । बुधबारे बजारबाट २ किमि दक्षिणमा रहेको गडेरे ताल, सौरेको धप्पड ताल, गडेरे ताल, कागडा पोखरी, धाउखानी गुफा, महाराजा मन्दिर, मिक्लाजुङ डाँडा, दुर्गा, शिवलिङ्ग र कालिकादेवी मन्दिर, नेपालकै तेस्रो ठूलो मानिएको मुक्तारा गाउँ स्थित वरको रुख भएको स्थान क्षेत्रका पर्यटकीय स्थान हुन् । थप जानकारीको लागि भिडियोमा हेर्नुहोस् पूर्वी पहाडका आकर्षक ताल र पोखरीहरु


