मधुगङगा धामको विकासका लागि ‘DPR’ गरियो
धनकुटा खबर । प्रदेश १ धनकुटाको धार्मिक पर्यटकीय स्थल मधुगङगाधामको विकासका लागि विस्तृत परियोजना अध्ययन (डिपीआर DPR) गरिएको छ ।
धनकुटा नगरपालिकाको २ नं वडा भीरगाउँ स्थितको यो धामको विकास लागि १ करोड ६१ लाख वजेट लाग्ने डिपीआरको क्रममा अनुमान गरिएको छ ।
यस धामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि गुफा सम्म पुग्ने करिव १ सय मिटर दुरीको सिंढी निर्माण गर्ने,२ वटा पोखरी निर्माण गर्ने, ती पोखरीको माथि आकाशे पुल लगाउने,पोखरीको वीच भागमा शिव लिंग निर्माण गर्ने लगायतका योजना रहेको वडाध्यक्ष चन्द्रलाल तामाङले जानकारी दिनुभयो ।

त्यस्तैगरी नवग्रह स्नान् धारा अर्थात ९ वटा ढुंगे धारा वनाउने,कम्पमउण्ड तारघेरावारा गर्ने,पर्यटक तथा दर्शनार्थीहरु आउदा वस्ने भवन वनाउने,धाम नजिकै रहेको ठूलो पत्थरमा किराँतेश्वर महादेवको चित्र वनाउने हिले र धनकुटाको वीहिवारे हटियावाट भरिगाउ प्रवेश गर्ने ठाउँमा मधुगङ्गाधामको वारेमा जानकारी मूलक प्रवेशद्धार निर्माण गर्ने वनाउने योजना रहेको पनि उहाँले वताउनुभयो ।
उल्लेखित कामहरु यसै वर्ष देखी चार वर्ष सम्म पूरा गर्ने लक्ष छ । तर यसको लागि लाग्ने वजेट भने जुटिनसकेको वडाध्यक्ष्इा तामाङको भनाई छ । उहाँका अनुसार यो धाम विकासका लागि आर्थिक वर्ष २०७५-७६ मा नगरपालिकावाट १० र वडावाट ५ लाख गरी जम्मा १५ लाख वजेट विनियोजन गरिएको छ ।
यसदेखी वाँकी रकम पहलका लागि प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय सँग कुरा भईरहेको अध्यक्ष तामाङले वताउनुभयो । नगर र वडावाट चालु आर्थिक वर्षमा विनियोजित वजेटले भने यही वर्ष त्यहाँ सिंढी र पोखरी निर्माणको कार्य शूरु गर्ने जनाईएको छ ।


