जेष्ठ नागरिकलाई सम्मान
धनकुटा खबर । जनहित असल शासन क्लवले आज धनकुटाको चौविसे गाउँपालिका वडा नं ३ र ४ का १२ जना जेष्ठ नागरिक लाई सम्मान गरेको छ ।
क्लवले कुरुले तेनुप्पा माविमा एक कार्यक्रमको आयोजना गरी १२ जना जेष्ठ नागरिकलाई क्लवको अक्षकोषमा जम्मा भएको रकमको व्याजवाट प्रति व्यक्ति नगद १ हजार प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेको हो ।
विद्यालयका प्रधानाध्यापक वीर वहादुर वाजीको अध्यक्षता तथा ४ नं वडाध्यक्ष नगेन्द्र वहादुर तामाङ्गको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमकै अवसरमा त्यहाँका १० वटा विद्यालयका जेहेन्दार, विपन्न, दलित वर्गका १र१ जना विद्यार्थीहरुलाई पनि नगद १र१ हजार र प्रमाण पत्र दिएर सम्मान गरिएको छ ।
२०६८ सालमा स्थापीत अक्षकोषमा ३ लाख ३० हजार ३ सय ३३ रुपयाँ नगद जम्मा छ । कार्यक्रममा स्वागत मन्तव्य क्लवका आपजवन सदस्य कर्ण वीर विशंखे ले राख्नुभएको थियो भने सञ्चालन दिपक दाहालले गर्नुभएको थियो ।


