धनकुटामा मतदाता नामावली दर्ता गरिदै, ५ सय १७ जनाले नाम दर्ता गराए

धनकुटा । जिल्ला निर्वाचन कार्यलय धनकुटामा जारी मतदाता नामावली दर्ता कार्य अन्तर्गत भदौ पहिलो हप्ता सम्म ५ सय १७ जनाले आफ्नो नाम दर्ता गराएका छन् ।

नाम दर्ता गराउनेहरुमा २ सय ६२ जना महिला र २ सय ५५ जना पुरुष रहेकाछन् । कार्यलयले गत वैशाख देखी शूरु गरेको मतदाता नामावली दर्ताको काम जेष्ठ महिनावाट जिल्ला प्रशासन कार्यलयमा समेत दर्ता कर्मचारी राखेर काम गरिरहेको कार्यलयका सूचना अधिकारी केशव पौडेलले जानकारी दिनुभयो ।

मतदाता नामावलीमा नाम दर्ताका लागि हालै मात्र उमेर पुगेका र पहिला नाम दर्ता गर्न गराउनवाट छुटेकाहरको नाम दर्ता गरिदै गरिएको उहाँको भनाई छ ।

वैशाख देखी थालिएको यो काममा नामावली दर्ता गर्ने को संख्या किन थोरै भन्ने प्रश्नमा उहाँले वर्षातको समय मानिसहरु काममा व्यस्त भएका कारण यस्तो भएको हुन सक्ने वताउनुभयो । साथै उहाँले विवरण सच्याउने नामावली सार्ने लगायतका काम पनि गरीरहेको वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖