भेडेटार बस दुर्घटना अपडेट : एकको मृत्यु, दुई गम्भीर र १४ यात्रु समान्य घाइते

धनकुटा । सुनसरीको सदरमुकाम इनरुवाबाट धनकुटाको पर्यटकीयस्थल नमस्ते झरनातर्फ गएको पर्यटक बस साँगुरीगढीको ओरालोमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

दुर्घटनामा दुई गम्भीर र १४ यात्रु समान्य घाइते भएको पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । दुर्घटनामा सुनसरी बराहक्षेत्र नगरपालिका–९ निवासी राजेन्द्र चन्द्रवंशीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने क्रममा मृत्यु भएको ट्राफिक प्रहरी इटहरीले जनाएको छ ।

सुनसरी इनरुवा नगरपालिका–६ का ६५ वर्षीय खड्गबहादुर नेपाली र २८ वर्षीय श्रवण मेहताको गम्भीर अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अन्य घाइतेको पानि सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर सोधखोज गरिरहेको छ ।

यो पनि हेर्नुहोस् – भेडेटरमा बस दुर्घटना, १७ पर्यटक घाइते



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।