धनकुटा र तेह्रथुमका स्थानिय तहका प्रमुख लगायतको अभिमुखिकरण तालिम
धनकुटा । धनकुटा र तेह्रथुमका स्थानिय तहका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत एवम् न्यायिक समितिका सदस्यहरुलाई स्थानिय तहमा विवाद समाधान विषयक दुई दिने अभिमुखिकरण तालिम दिईएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा अभिमुखीकरण सञ्चालन गरिएको हो ।
हिजो र आज हिलेमा सञ्चालित अभिमुखीकरणमा अपेक्षा संकलन, आधारभूत नियम, मानव अधिकारको परिचय, स्थानिय तह राष्ट्रिय मानव अधिकार आयोग सँगको सम्वन्ध, स्थानिय तहवाट विवाद निरुपण गर्दा पालना गर्नुपर्ने सिद्धान्त, मानव अधिकार उल्लंघन, पीडित, साक्षी र न्यायीक समिति, स्थानिय तहमा विवाद निरुपण, मानव अधिकारमुखी विकास पद्धति र स्थानिय तहको वारे उनिहरुलाई जानकारी गराईएको छ ।

तालिमको सहजकिरण राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यलय विराटनगरका मानव अधिकार अधिकृत सान्तोष आचार्य, मोहनदेव जोशी, श्यामवावु काफ्ले,यज्ञ प्रसाद अधिकारी,हरिप्रसाद ज्ञवाली र गोविन्द शर्मा पौड्यालले गर्नुभएको थियो ।
यो तालिमले स्थानिय तहमा विवाद समाधान गर्न सघाउ पुग्ने अपेक्षा गरिएको राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यलय विराटनगरका मानव अधिकार अधिकृत सान्तोष आचार्यले वताउनुभयो ।


