धनकुटा नगरलाई बालमैत्रि घोषणा गर्न सके अन्य सूचकहरु पनि पूरा हुन्छ : कार्यबाहक प्रमुख जंगबहादुर

धनकुटा । धनकुटा नरगपालिकालाई बालमैत्रि नगर घोषणा गर्न सबै सरोकारवाला लाग्नु पर्नेमा धनकुटा नगरपालिकाका कार्यबाहक प्रमुख जंगबहादुर राईले जोड दिनुभयो ।

धनकुटा नगर बालमैत्रि घोषणमा सञ्चारकर्मीहरुको भुमीका सम्बन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाले नगरलाई बालमैत्रि घोषणा गर्न सके नगरका अन्य सूचकहरु पनि पूरा हुने हुदा यस कार्यमा लाग्न सबैलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ धनकुटाका सचिब विदुर खवासले नगरले सञ्चालन गर्ने यो अभियानलाई नेपाल पत्रकार महासंघ धनकुटा शाखा र धनकुटामा क्रियासिल सबै पत्रकारहरुले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा सहजकर्ता विष्णु प्रसाद चौबेले बालमैत्रि स्थानीय शासन बाल अधिकार ऐतिहासिक विकास क्रम सहितको अवधारणा,बालबालिकाका लागि संबैधानिक र नितिगत व्यवस्था र नरपालिकाको लगानी, वडा तथा नगर बालमैत्रि निमार्णमा सञ्चारकर्मीको भुमीका र बाल मैत्रि सूचक र नतिजामुखी प्रतिबद्धता सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले नगरलाई बालमैत्रिघोषणा गर्ने अभियानलाई पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । कार्यक्रममा धनकुटा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख नुसराज श्रेष्ठले बालमैत्रि घोषणा कार्यक्रमलाई सबै वडामा सत्रियताका साथ लागु गर्न नगरपालिका लागि परेको बताउनुभयो । (फाईल फोटो)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।