किसानलाई प्राविधिकको सुझाव : यसरी गर्नुहोस् मकै भण्डारण…

धनकुटा । पूर्वि पहाडी जिल्लामा मकै भित्राउने समय सूरु भए संगै मकै भण्डारणमा विशेष ध्यान दिन कृषि प्राविधिकले किसान लाई सुझाव दिएका छन् ।

प्राविधिक ज्ञानको कमीले कतियप किसानले अझै पनि मकै भण्डारण लाई व्यावस्थीत गर्ने चलन नभएकाले मकै भण्डारणमा विशेष ध्यान दिन कृषि प्रविधिकले सुझाव दिएका हुन् । धनकुटा खबर संग कुरा गर्दे धनकुटा नगर कार्यपालिका कृषि सेवाकेन्द्र प्रमुख एवम् वालिसंरक्षण अधिकृत सूर्यप्रसाद सावकोटाले मकै राम्रो संग सुके पछि मात्र भाच्नु पर्ने त्यसरी बारीमा भाचिएको मकैको घोगा चिसो भएका त्यस लाई सुकाउनु पर्ने र सुकाई सिकिएको मकै लाई झुता बनाई राख्दा मकै सुरक्षित हुने बताए ।

कति पय किसानले मकै छोडाएर राख्ने गरेको भए पनि त्यसरी राखिएको मकै पनि राम्रोसंग घाममा सुकेको हुनु पर्ने तर त्यस लाई तातै भण्डारण गर्न नहुने र केहि समय सेलाए पछि भण्डारण गर्दा मकै नविग्रने बताए । भण्डारण गरीएको मकैमा घुन पुत्ली लाग्न नदिने भन्दै घातक विषादीको प्रयोग किसानले गर्न नहुने उनको भनाई छ ।

छोडाएको मकै भण्डारण गर्दा गर्दा धातु बाट बनेका सामग्री प्रयोग गर्दा प्रभावकारी हुने साथै पछिल्लो समयका आएको सुपरग्रेन व्यागको प्रयोग झनै प्रभावकारी हुने उनले बताए ।

घर भित्र हार लगाएर भण्डारण गर्दा टिम्मुर, तितेपाती, बोजो लाई समेत राखेर मकै हार लगाउदा रोग किराको समस्या कमहुने गर्दछ भने घर बाहिर थाक्रोमा मकै राख्दा घर जोडेर अर्थात रुख संग टासेर राख्न नहुने त्यसो गरे बादरले खाइदिन साथै मुसाको समस्या हुने र थाक्रोमा मकै खाख्दा पानी भने थाक्रो भित्र नपस्ने गरी मिलाउनु पर्ने त्यसो नगरीए मकै कुहिने डर हुने उनको भनाई छ ।

साथै किसान दाजुभाई दिदीबहिनीले खानका लागि विउका लागि छुट्टा छुट्टै रुपमा मकै राख्न समेत उनले सुझाव दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।