सुन्तलाको राजधानीमा ‘सुन्तला स्तम्भ’ !
धनकुटा । सुन्तलाको राजधानीको रुपमा चिनिने धनकुटाको सहिदभुमी गाँउपालिकामा सुन्तलाको प्रतिमा निर्माण गरिएको छ ।
गाँउपालिकाको केन्द्र पिल्ले बजारमा गाँउपालिकाकै करिब १८ लाख रुपैयाको लागतमा सुन्तलाको प्रतिमा निर्माण गरिएको हो । करिब २० फुट अग्लो स्तम्भ निर्माण गरी सो स्तम्भको टुप्पोमा सुन्तलाको प्रतिमा निर्माण गरिएको छ ।
बरीपरीवाट सुन्तलाकै साना साना बोटको समेत निर्माण गरिएको छ । यो स्तम्भले पर्यटन प्रबद्र्धनमा मदत पुग्ने गाँउपालिका प्रमुख मनोज राइले जानकारी दिनुभयो ।
धनकुटाको यो गाँउपालिकामा मात्रै बार्षिक २ सय ५० मे. टन सुन्तला उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएको सुन्तला रसिलो र गुलियो हुने भएकोले यसलाई नेपालकै उत्कृष्ट सुन्तला उत्पादन हुने क्षेत्रको रुपामा हेरीन्छ ।



