धनकुटामा पहिलो पटक ह्वाईट हाउस कलेज संचालन
धनकुटा । धनकुटामा पहिलो पटक संचालन भएको ह्वाईट हाउस कलेज धनकुटा शाखाले आज नवआगन्तुक विद्यार्थीहरुलाई लागी स्वागत कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ ।
ह्वाईट हाउस कलेज धनकुटा शाखाका कोडिनेटर अमित रञ्जन यादवको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा उक्त कलेज धनकुटाका अध्यक्ष दिनेश राईले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै यूवा युवतीहरुको भविष्य होटल म्यानेजमेन शिक्षामा रहेको वताउनु भयो ।
कार्यक्रममा पर्यटन विकास समिति धनकुटाका अध्यक्ष विजय सन्तोषी राई,नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु लगायतले यूवाहरुलाई रोजगार तथा स्वरोजगार बनाउदै मुलुकलाई समृद्धी बनाउनका लागी पर्यटन, उद्योग महत्वपूर्ण हुने भएकाले होटल म्यानेजमेन पर्यटनको उद्योगको महत्वपूर्ण पाटो भएकाले यस प्रकारको कजेल धनकुटामा संचालन हुनु धनकुटावासी र पूर्वी पहाडी जिल्लाहरुको महत्वपूर्ण अवसर रहेको वताउनु भयो । भने स्वागत मन्तव्य कलेजका शिक्षक बुद्ध लामाले गर्नु भएको थियो । भने कार्यक्रमको संचालन आस्था शंकरले गर्नु भएको थियो ।

धनकुटा वहुमुखी क्याम्पसका प्रध्यापक सागर श्रेष्ठ,नेपला विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पसका अध्यक्ष सरोज धमला,फेन्सी व्यावासायी संघका सचिव तथा यूवा व्यावसायी तिलक महत लगायत अबिभावक तथा विद्यार्थीहरु,शिक्षक तथा संचालकहरुको सहभागीता रहेको उक्त कार्यक्रममा होटल म्यानेजमेनका पहिलो बर्षका विद्यार्थीहरुलाई स्वागतगर्दै ह्वाईट हाउस कलेज र नव आगन्तुक विद्यार्थीहरुलाई शुभ कामना समेत व्यक्त गरिएको थियो ।
निजि स्तरको प्रयासमा धनकुटामा पहिलो पटक ह्वाईट हाउस कलेज धनकुटा शाखा स्थापना गरी यस बर्ष देखी होटल म्यानेजमेन विषयको पढाई शुरु गरिएको हो ।


