अन्जु गुरुङको ‘पहिलो नजर’ सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ । गायिका अन्जु गुरुङको स्वरमा पहिलो नजर बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
जहाँ मोडेल बिकास लामिछाने र सुप्रिया कटुवाल फिचर भएका छन । म्युजिक भिडियोले पहिलो नजर र पहिलो प्रेमको कथा उठाएको छ । गीतमा शब्द तथा संगीत अमृतको सुन्न सकिन्छ ।
नगरकोटमा खिचिएको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा रामेश्वर कार्कीको छायाँकन र बिकास धमलाको सम्पादन रहेको छ ।


