मलामीलाई पानी !
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न ४ मा मलामी बाट फर्कने लाई नियमित रुपमा पिउने पानीको व्यबस्था गरिने भएको छ ।
धनकुटाको छथरमा घर भई विभिन्न पेशा व्यावसाय गर्दे अन्य स्थानमा बसेका र स्थानियले सहयोग बाट चाम्लाङ्गको सिरानमा रहेको मलामिले खाजा खाने स्थान सम्ममा नियमित रुपमा पानी पुर्याउन काम थालिएको यस कार्यक्रमका संयोजक मेघराज खतिवडाले जानकारी दिए ।
कर्कले खोला बाट पानी लैजानका लागि १७ सय मिटर पाईपको स्टिमेट भएको र पाईपको व्यावस्था भई सकेकोले पानी लैजानका लागि मुहान निर्माण गर्न पाईप विछ्याउने र पुर्ने काम चाडै सुरु गरिने खतिवडाले बताए ।
सुख्खा क्षेत्र भएकोले यहाँ पानीको कुनै वैकल्पीक स्रोत छैन मलामीका लागि टाढा बाट पानी बोक्नु पर्ने वाध्यता छ ठुलो सामुदायीक वन भएकोले त्यहाँ रहेका चराचुरुङ्गगी, र जनावरलाई पनि यस स्थानमा पोखरी बनाई पानीको व्यावस्था गरीने उनले बताए ।


