माबि स्तरीय कविता प्रतियोगिताको उपाधी दीप बोर्डिङ्ग धनकुटाकी आरती लिंखालाई !
धनकुटा । धनकुटा नगर स्तरीय अन्तर माबि खुला कविता प्रतियोगिताको उपाधि दीप बोर्डिङ्गका आरती लिंखाले जीतेकी छन् ।
राष्टिय बाल दिवश २०७५ को अवसरमा आयोजित उक्त प्रतिष्प्रधामा १० वटा बिद्यालयका ५० जना प्रतियोगिहरुलाई पछि पार्दै लिंखाले बिद्यालयलाई बिजयी गराएकी हुन् ।
नव कलाकार साँस्कृतिक समुदायले आयोजना गरेको उक्त प्रतियोगितामा जितका लागि लिंखाले ९० पूर्णङ्कमा ५८ अंक ल्याएकी थिईन् ।
११ वटा बिद्यालयका ५९ जना सहभागि रहेको उक्त प्रतियोगितमा त्रिवेणी मा.बि.का युनिसा सुब्बा ५५ अंक ल्याएर द्वितीय भएका छन् । त्यस्तै ५४ अंक ल्याएर गोकुण्डेश्वर मा.बि.का चिनु काफ्ले तृतीय भएकी छिन् ।

५१ अंक ल्याएर बाल संचार बोर्डिङ्गका मिलन बिसंखे र ५० अंक ल्याएर गोकुण्डेश्वर बालमन्दिर मा.बि.का निकि राई सान्तत्वना भएको कार्यक्रम संयोजक मुकुन्द प्रयासले जानकारी दिनुभयो ।
बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग र कार्यक्रम अध्यक्ष नविन किशोर शाक्यले नगद र प्रमाण–पत्र प्रदान गर्नुभएको थियो ।
बिजेताहरुलाई प्रथम,द्वितिय,तृतिय र सान्तत्वनालाई क्रमश ५ हजार,३ हजार,२ हजार र रु ५÷५ सय नगद सहित प्रमाण–पत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा घनश्याम बराल,केजी सुब्बा र रमेश चन्द्र अधिकारीको निर्णयक मण्डलको भूमिका निभाएका थिए ।


