‘सुखि नेपाली समृद्ध नेपाल, बालअधिकार सबैको सरोकार’

धनकुटामा अन्तरराष्ट्रिय साक्षरता दिवस तथा बाल दिवस २०७५ विविध कार्यक्रम गरी मनाइयो

धनकुटा । “सुखि नेपाली समृद्ध नेपाल, बालअधिकार सबैको सरोकार” भन्ने मुल नारा सहित धनकुटामा अन्तरराष्ट्रिय साक्षरता दिवस तथा बाल दिवस २०७५ विविध कार्यक्रम गरी मनाइएको छ ।

धनकुटा नगरपालिका वडा नं ५ को आयोजना तथा समता बाल क्लब धनकुटा ५ को संयोजनमा प्रभातफेरी तथा सरसफाइ कार्यक्रम गरिएको हो ।

धनकुटा नगरपालिका वडा नं ५ लाई ओरेन्ज सिटीको रुपमा विकास गर्ने उद्येश्यका साथ समता बालक्लबका सदस्यहरुले ओरेन्ज रङको टिसर्ट लगाएर बजार परिक्रमा गरेका थिए ।

उनीहरुले बाल अधिकार सुनिश्ति गरौ, बाल श्रमको अन्त्य गरौ, बाल हिंसा अन्त्य गरौ, बालमैत्रि शिक्षा,स्वास्थ्य,शुद्धखानेपानि हम्रो अधिकार ,बाल शोषण अन्त्य गरौ,बाल अधिकार हाम्रो सरोकार भन्ने नारा लगाउदै उनीहरुले बजार परिक्रमा गरेका थिए ।

बजार परिक्रमा पछि धनकुटा नगरपालिका वडा नं ५ विहिबारे हटिया नजिकै उनीहरुले फूल समेत रोपेको वडा नं ५ का अध्यक्ष धन बहादुर राईले जानकारी दिनुभयो ।

त्यस्तै नगरस्तरीय बाल क्लबको आयोजनामा बाल अधिकार सम्बन्धि विभिन्न नारा लेखिएका प्लेकार्ड सहित धनकुटा नगरका विद्यालयका विद्यार्थिहरुको सहभागितामा प्रभातफेरीको आयोजना गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।