यस्तो बन्यो धनकुटाको ऐतिहासिक टुडिखेल (भिडियो सहित)

धनकुटा । धनकुटाको इतिहास संगै जोडिएको एउटा महत्वपुर्ण स्थान् हो धनकुटा स्थीत तल्लो टुडिखेल । लामो समय सम्म मर्मत अभावका कारण जिर्ण बन्दै गएको ऐतिहासिक टुडिखेल अहिले भने आधुनिक र पुर्बाधार युक्त बनाइएको छ ।

राणा प्रधानमन्त्री देव समसेरले धनकुटा बसाइका क्रममा काठमाण्डौमा जस्तै सानो आकारका दुइ धरहरा निर्माण गर्न लगाएका थिए । धरहरा संगैको खालि जमिनलाई त्यतिबेलै देखि खुल्ला मैदानको रुपमा बिकास गरिएको थियो ।

बिभिन्न खेलकुद सहित सामान्य कार्यक्रम त्यहि बेला देखि यहि हुने गर्दथ्यो । हालको धनकुटा–५ स्थीत तल्लो टुँडिखेलमा अहिले भने पक्की प्याराफिट, सूविधायुक्त मञ्च , मैदान सम्याउने, दुवो लगाउने र वरिपरी तार घेरावार गर्ने काम गरीएको छ ।

धनकुटा नगरपालिकाको स्वामित्वमा रहेको सो टुँडिखेल धनकुटा फुटवल संघले २५ वर्षका लागि भाडामा लिइ मैदानको व्यवस्थापनको कार्य सुरु गरेको हो । अघिल्लो आर्थिक वर्ष संसद विकास कोषको १० लाख ५० हजार र राष्ट्रिय खेलकुद परिषद्को ५ लाख, धनकुटा नगरपालिकाको ७० लाख रुपैयाको आर्थिक सहयोगमा मर्मत गरिएको हो । यो ऐतिहासिक टुडिखेल देशकै नमुना रंगाशाला हुने धनकुटा–५ वडाका वडासदस्य तथा सहिद भीमनारायण स्मृति प्रतिष्ठानका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभयो ।

देव समसेरको पालामा पहिलो पटक स्थापना गरिएको टुडिखेल पछि २०३० सालमा थप जग्गा अधिग्रहण गरि २०४० सालमा सामान्य प्याराफिट र मञ्च निर्माण गरिएको थियो ।

त्यस यता कुनैपनि मर्मत हुन नसकेको टुडिखेल अहिले भने आधुनिक र पुर्बाधार युक्त बनाइएको हो । सहिद भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकप पूर्वीक्षेत्रकै प्रतिष्ठित फुटवल प्रतियोगिता भएपनि मैदानको स्तर राम्रो नहुँदा ठूला क्लवले सहभागिता जनाउन मान्दैन थिए ।

तर अब स्तरउन्नोत्ति भएपछि देशमै नाम चलेका प्रतिष्ठित क्लव प्रतियोगितामा सहभागी हुने तथा अन्य थप प्रतियोगिता गर्न सजिलो हुने भएकाले जिल्लामा खेलको रौनाक अझै बढ्ने जिल्ला फुटबल संघ धनकुटाका अध्यक्ष गोबिन्द राइ बताउनु हुन्छ ।

त्यसो त कहिले गोल प्रजेक्टको नाममा त कहिले मैदानको स्तारोन्नती गर्ने चर्चा पटक पटक नचलेको भने हैन । तर काम हुन सकेको थिएन । यो मैदानको स्तरोन्नती पछि लम्वाइलाई वढाएर अहिले १ सय १० मिटर र चौडाहा बढाएर ७० मिटर बनाइएको छ ।

यहि मैदानले धनकुटावाट किरण चेम्जोङ्ग, बुद्ध चेम्जोङ्ग, सुजल श्रेष्ठ लगायतका राष्टिय स्तरमा ख्यातिप्राप्त खेलाडीे समेत जन्माइसकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।