नेताको निधनले धनकुटा कांग्रेसलाई अपुरणीय क्षती
धनकुटा । नेपाली कांग्रेसका नेताहरुले आज धनकुटाको उत्तरपानीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. २ का पूर्व उपसभापति एवं पूर्व जिल्ला सदस्य नारद कुमार घिसिङ्गको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षती पुगेको वताएका छन ।
कांग्रेस नेता स्वर्गीय घिसिङ्गको १३ औ पुण्य तिथिको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल,महासमिति सदस्य अजित नारायण सिंह थापा,नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई लगायतले जिल्ला कार्य समितिको तर्फबाट समवेदना पत्र परिवारजनमा बुझाउदै नेपाली कांग्रेस धनकुटका नेता स्वर्गीय घिसिङ्गको निधनले कांग्रेसलाई अपुरणीय क्षती पुगेको वताउनु भयो ।
यसैगरी नेपाल शिक्षक संघका संस्थापक सदस्य समेत रहनु भएका कांग्रेस नेता स्वर्गीय नारद कुमार घिसिङ्ग प्रति नेपाल शिक्षक संघ धनकुटका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बुले श्रद्धाञ्जली व्यक्त गर्दै धनकुटाको शैक्षिक विकासमा समेत स्वर्गीय घिसिङ्गले महत्वपूर्ण योगदान पु¥याउनु भएको चर्चा गर्नु भएको थियो भने नेपाल तरुण दल धनकुटाको तर्फबाट नेपाल तरुण दल धनकुटका क्षेत्रीय अध्यक्ष तिलक महत,जिल्ला सदस्यहरु यम कुमार श्रेष्ठ,दिलराज घिसिङ्ग,नेपाल विद्यार्थी संघ धनकुटा क्याम्पसका अध्यक्ष सरोज धमलाले कांग्रेस नेता स्वर्गीय घिसिङ्ग प्रति श्रद्धाञ्जली व्यक्त गर्दै समवेदना पत्र परिवारजनलाई प्रदान गर्नु भएको थियो ।

त्यस्तैगरी धनकुटाका कांग्रेस नेता स्वर्गीय नारद कुमार घिसिङ्ग प्रती नेपाली कांग्रेस पाख्रिवासको तर्फबाट पाख्रिवास नगर समन्वय समितिका संयोजक ज्ञान वहादुर गुरुङ्ग, पाख्रिवास कांग्रेस नेताहरु भक्त गुरुङ्ग,प्रेम भण्डारी,श्याम तामाङ्ग लगायतले श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना पत्र प्रदान गरी स्वर्गीय घिसिङ्ग प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा स्वर्गीय घिसिङ्गले पार्टीमा पु¥याउनु भएको योगदानको वारेमा नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेलले र स्वर्गीय घिसिङ्गको जिवनी जिल्ला सचिव विजय सन्तोषी राईले चर्चा गद एक कसुल संगठन कर्ता समाजसेवी कर्तव्यनिष्ठ इमानदार नेता नारद कुमार घिसिङ्गको असमायिक निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको वताउनु भयो । भने परिवारजनको तर्फबाट उहाको जेष्ठ सुपुत्र तथा नेपाली कांग्रेस सुनसरी जिल्ला कार्यसमितिका सदस्य यूवा नेता माधव घिसिङ्गले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
नेपाली कांग्रेस सुनसरी जिल्ला कार्य समितिका सदस्य माधम घिसिङ्गका पिता नेपाली कांग्रेस धनकुटाका पूर्व क्षेत्रिय उपसभापति स्वर्गीय नारद कुमार घिसिङ्ग प्रति १ नम्वर प्रदेशका सांसद तथा नेपाली कांग्रेसका नेता चन्द्र श्रेष्ठ,नेपाली कांग्रस सुनसरीका सचिव सुजेन्द्र तामाङ्ग,नेपाली कांग्रेस धरान उपमहानगरपालिका समितिका सभापति तिलक राई लगायतले पनि स्वर्गीय घिसिङ्गको घर धनकुटा उत्तरपानीमा आई स्वर्गीय घिसिङ्ग प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा नेपाली कांग्रेस सुनसरी जिल्ला र धरान उपमहानगरपालिकाको तर्फबाट समवेदना पत्र प्रदान गर्नु भएको थियो ।
यसैगरी नेपाली कांग्रेस धनकुटका क्षेत्र नं. २ का पूर्व उपसभापति स्वर्गीय नारद कुमार घिसिरङ्गको परिवारजनलाई आझै क्षेत्रीय सभापति इन्दिरा थापाले श्रद्धाञ्जली व्यक्त गर्दै क्षेत्रिय समितिको तर्फबाट समवेदना पत्र परिवारजनलाई प्रदान गर्नु भएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा नेपाल शिक्षकसंघ धनकुटका पूर्व अध्यक्ष विश्वनाथ दाहाल,नेपाली कांग्रेसका प्रशिक्षक गणेश प्रसाद चापागाई,नेपाल आदिवासी जनजाती महासंघ धनकुटका अध्यक्ष सञ्जय सन्तोषी राई ,नेविसंघ धनकुटाका अध्यक्ष बालानन्द दाहाल,नेपाली कांग्रेस उत्तरपानीका नेता धन वहादुर मोक्तान,विष्णु बमजन,चुङवाङ्गका सभापति कृष्ण कटेल लगायत नेपाली कांग्रसका नेता तथा कार्यकर्ताहरु,परिवाजन र आफन्तजनहरुले समेत कांग्रेस नेता स्वर्गीय नारद कुमार घिसिङ्ग प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।
नेपाली कांग्रेस धनकुटाका नेता तथा पूर्व क्षेत्रीय उपसभापति नारदन घिसिङ्गको श्रीमती इन्द्र माया घिसिङ्ग जेष्ठ सुपत्र नेपाली कांग्रेस सुनसरीका जिल्ला सदस्य माधम कुमार घिसिङ्गलगायत छोराहरु यादव घिसिङ्ग,बासुदेव घिसिङ्ग,जयदेव घिसिङ्ग र शिवदेव घिसिङ्ग र बुहारीहरु नाती नातीनीहरु हुनुहुन्छ ।


