यस्तो छ धनकुटामा बथानै भएर हिड्ने भुस्याहा कुकुरको बिगबिगी !, स-साना विद्यार्थी देखि हिँडडुल गर्ने सबै समस्यामा (भिडियो)
धनकुटा । भुस्याहा कुकुर नियन्त्रण र ब्यवस्थापनमा गरिएको हेलचेक्राइले धनकुटामा भूस्याहा कुकुर कारणले ले स्थानियलाई समस्यासंगै डर समेत भएको छ ।
भूस्याहा कुकुरका कारण बिशेष गरि विहान र साँझको समयमा हिँडडुल गर्ने स्थानीय, सवारिचालक र सानासाना स्कुले विद्यार्थीहरु बढी समस्यामा परेका छन् ।
जिल्ला सदरमुकाम धनकुटाबजार रहेका भूस्याहा कुकुरका कारण साँझ बिहानको समयमा हिँडडुल गर्ने समस्या रहेको धनकुटा ५ स्थानियबासि चन्द्र राई बताउछन् ।
धनकुटानगरपालिकाका ७ बस्तै आएकी सुनिता तामाङ्ग भन्छिन,- भूस्याहा कुकुरको कारणले एकलै हिड्न समेत डर भई सक्यो छोराछोरी लाई विद्ययालय तथा ट्यूसन पठाउन त झनै समस्या छ भूस्याहा कुकुरको व्यावस्थापनमा सम्बन्धीत संम्बन्धी पक्षले ध्यान दिनु पर्ने उनको भनाई छ ।
बथानै भएर हिड्ने भूस्याहा कुकुरका कारण स्थानीय र आगन्तुक समस्यामा पर्ने गरेका छन् ।


