सागुरीगढीका सर्वसाधारण ३ दिन देखी अन्धकारमा बस्न वाध्य !
धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिकाका विभिन्न वडाका सर्वसाधारण अन्धकारमा वस्न वाध्य भएकाछन् ।
गत २७ गते परेको हावापानीको कारण विजुली वत्तिको पोल ढलेर विद्युत सेवा अवरुद्ध भएपछि सो गाउँपालिकाका ७,८,९ र १० नं वडाका स्थानीयवासिन्दा तीन दिन देखी अन्धकारमा वस्न वाध्य भएकाहुन् ।
हावापानीले वडा नं ७ को लेवालामा रहेको विद्युतको दुई वटा पोल ढालेको जनाईएको । विद्युत सेवा अवरुद्ध भएपछि उनीहरुलाई अध्यारोमा वस्नुत परेको छ नै त्यसमा पनि मोवाई चर्ज लगायत विद्युतीय उर्जावाट गरिने काम गर्न समस्या भएको स्थानीय नगेन्द्र राईले वताउनुभयो ।
यो समस्याको विषयमा वुझ्दा २८ गते निरन्तर पानी परेकोले पोल ठड्याउन नपाएको कारण यस्तो भएको ८ नं वडाध्यक्ष विनय राईले वताउनुभएको उहाँले जानकारी दिनुभयो ।


