यसकारण धनकुटामा दोस्रो किस्ता लिने भुकम्प पीडित घटे…

धनकुटा खबर । धनकुटामा भुकम्प पीडितले पाउने अनुदान रकमको पहिलो किस्ताको तुलनामा दोस्रो किस्ता लिने पीडितको संख्या घटेको छ ।

शुरुवातमा प्राबिधिक अभावका कारण घर बनाउन ढिला भएकोले दोस्रो किस्ता लिनेको संख्या घटेको जिल्ला आयोजना कार्यन्बायन इकाइ धनकुटाका प्रमुख दिप नारायण झा ले बताए ।

दोस्रो किस्ता लिने म्याद गत साउन महिना सम्म मात्र भएपनि पहिलो किस्ता भन्दा दोस्रो किस्ता लिन आउने पीडितको संख्या घटे पछि सो म्याद समेत थप गरि अनुदान दिन सुरु गरिएको छ ।

गत २०७२ सालमा गएको भुकम्पमा परि भत्कीएको घर पुन निर्माणको लागि सरकारले पहिलो किस्ता बापत ५० हजार दोस्रो किस्ता बापत एक लाख पचास हजार तेस्रो किस्ता बापत एकलाख गरी कुल तीन लाख रुपैया दिने निर्णय गरेको थियो ।

अनुदानको लागि सिफारीस भएका कुल २७९६ परीवार मध्ये २४७७ परिबारले पहिलो किस्ता बापतको रकम लगेका थिए । तर दोस्रो किस्ता हाल सम्म १४५६ परिवारले मात्रै बुझेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।