निर्मला पन्तको लागि न्याय माग्दै धनकुटाका महिला सडकमा !

धनकुटा खबर । बलात्कारी तथा हत्यारालाई कारवाही नगरेसम्म धनकुटामा महिलाहरुले सशक्त सडक आन्दोलन जारी राख्ने आज धनकुटामा विरोध रयाली पछी आयोजित बिरोध सभामा महिला अधिकारकमीहरुले उद्घोष गरेका छन ।

धनकुटामा क्रियाशिल विभिन्न महिला संघ संस्थाहरुको समन्वय र डल्बु डल्बु जे धनकुटा सम्र्पक व्यक्तिको संयोजनमा धनकुटाको मदन चौकबाट निर्मला पन्तको वालत्कारी तथा हत्यारारलाई कारवाहीको माग गर्दै निकालिएको विरोध ¥यालीले धनकुटा बजारको विभिन्न भागहरुको परिक्रममा गरी पुन मदन चौकमा आई भएको विरोध सभामा पूर्व सांसद अञ्जना ताम्लीले सरकार बलात्कारी र हत्यारालाई संरक्षण गर्न लागिरहेको आरोप लगाउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले मुलुकमा अहिले दण्डहिनता बढेको हत्या हिंसा र बलात्कारीको घट्ना दिन प्रतिदिन बढेकोले सरकारल असफल हुदै गएको वताउनु भयो ।

सकल्प धनकुटाका अध्यक्ष मिना राईको अध्यक्षतामा सम्पन्न भएको विरोध ¥याली तथा विरोध सभामा राष्ट्रिय जनमोर्चा धनकुटाका अध्यक्ष तुलमान राई,धनकुटा नगरपालिका वडा नं. ५ का निर्वाचित वडा सदस्य तथा महिला संघकी केन्द्रिय प्रतिनिधि अम्विका परियार लगायत महिला अधिकारकर्मीहरुले निर्मला पन्तको बलात्कारी र हत्यारालाई कारवाही नभए सम्म र महिला हिंसा नरोकिएसम्म धनकुटामा सडक आन्दोलन जारी राख्ने उद्घोष गर्नु भयो ।

कार्यक्रमको संचालन प्यारालिगल धनकुटाका अध्यक्ष कोपिला शंकरले गर्नु भएको थियो भने कार्यक्रमको उदेश्यमाथि डल्बु डल्बु जे धनकुटाका स्रोत व्यक्ति जयन्ती राईले प्रकाश पार्न भएको थियो ।

मानवअधिकारकर्मी गिता अधिकारी,हिमा चेम्जोङ्ग,रेजिनामा हिङमाङ्ग,निरुपा राई,तारा वस्नेत तिवारी,ताराकला राई,पशुपती राई,सत्यकला राई जानुका सुन्दास,वडा नं. ५ का निर्वाचित वडा सदस्य सिता श्रेष्ठ लगायत महिला अधिकारकर्मीहरुको सहभागतिा रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।