राम्रो अंक ल्याई एसईई उत्तीर्ण भएका पाख्रीबास नगरभित्रका छात्र छात्रालाई सम्मान गरिने
धनकुटा । पाख्रीबास नगरपालिका नेपाल तामाङ घेदुङ नगर समितिको आज बसेको बैठकले विघार्थी सम्मान तथा वक्त्तित्वकला कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
नगर घेदुङका अध्यक्ष जयन्द्र घिसिङको अध्यक्षतामा बसेको बैठकले पाख्रीवास नगरपालिका भित्रका एसईई परिक्षामा सामुदायिक विघायबाटबाट राम्रो अंक ल्याएर उत्तीर्ण भएका छात्र छात्रालाई सम्मान तथा तामाङ भाषा, धर्म, संस्कृति परम्परा भेषभुषा संरक्षण को लागि हाम्रो भुमिका विषयक वत्तित्वकला कार्यक्रम यहि आउदो मंसिर ५ गते आयोजना गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।
कार्यक्रम नगर घेदुङका निवर्तमान अध्यक्ष रत्नमान मोक्तानको संयोजकत्वमा आयोजना गरिन्ने भएको छ । बैठमा सम्मान तथा बक्त्तित्वकला कार्यक्रम सम्पन्न गर्नका लागि अध्यक्ष गजेन्द्र घिसिङलाई अतिथि व्यवस्थापनको जिम्मेवारी दिएको छ भने सचिवलाई विघालयबाट विघार्थिको एसईई परिक्षामा उत्र्तीण नतिजा संकलन तथा बतित्वकला का लागि विधालयमा पत्रचार प्रचारप्रसारको जिम्मेवारी दिएको छ ।
त्यस्तै सहसचिव मानवि तामाङ लाई सम्मान पत्र पुरस्कार को व्यवस्था गर्ने जिम्मेवारी दिएको छ भने त्यस्तै गरि हल साउन सिस्टम चिया नास्ता को व्यवस्थाको लागि धेदुङका सल्लाहकार श्याम तामाङ र कोषाअध्यक्ष कल्पना तामाङ लाई जिम्मेवारी दिईएको नगर घेदुङले जनाएको छ ।
बैठकमा नगर घेदुङका सदस्य तथा पदाधिकारी हरूको उपस्थित थियो ।


