माओवादलाई छोडेर कोहि पनि सच्चा कम्युनिष्ट बन्न सक्दैन भन्दै धनकुटामा नेकपा माओवादी केन्द्र पुनरगठन !

धनकुटा खबर । जिल्लामा पूर्व माओवादी केन्द्र र नेकपा एमाले बीच एकता पुरा भईनरहेको बेला धनकुटामा नेकपा माओवादी केन्द्र गठन भएको छ ।

केन्द्रले ११ गते धनकुटाको हिलेमा ३१ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेपछि १२ शुक्रबार पत्रकार सम्मेलन गरेर पुनरगठनको जानकारी गराएको छ ।

पार्टीका पोलिट ब्युरो सदस्य डम्बर सुब्बाको अध्यक्षतामा पत्रकार सम्मेलन केन्द्रले बिज्ञती जारी गरेर प्रचण्ड नेतत्वको पार्टीले जनयुद्धको मुद्दा छाडेकाले माओवादलाई छोडेर कोहि पनि सच्चा कम्युनिष्ट बन्न सक्दैन भन्दै पार्टी पुनरगठन गरेको जनाएको छ ।

कार्यक्रममा पार्टी ईन्चार्ज गंगाराम गोम्देनले प्रचण्डले पार्टी एमालेमा बिलय गराएकोले पुनरगठित पार्टीले जनयुद्ध र सर्वहाराहरुको अधिकार रक्षा गर्ने बताए ।

कार्यक्रममा संयोजक सुदर्शन राई जिल्ला सदस्य अतिकुमार रसाईली सदस्य लगाएतको उपस्थिति रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।