पूर्वराजा वीरेन्द्र र रानी ऐश्वर्यको नाममा भेटियो ८७ अर्ब सम्पत्ति !

काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको नाममा अहिलेसम्म करिब ८७ अर्बको चल अचल सम्पत्ति भेटिएको छ ।

पुर्वराजा सम्पत्ति व्यवस्थापन गर्न गठित नेपाल ट्रस्टको कार्यालय हालसम्म पुर्व राजपरिवारको सम्पत्ति ८७ अर्ब भएको अनुमान गरिएको छ ।

राज्य व्यवस्था समितिको विहीबारको बैठकमा नेपाल ट्रस्टका सचिव डा. रमेशप्रसाद सिंहले अहिलेसम्म ८७ अर्बको रकम प्राप्त भएको जानकारी दिए ।

सो सम्पत्तिलाई अल्पकालीन मध्यकालीन र दीर्घकाली व्यावसायिक योजना बनाएर परिचालन गरी आएको रकम शिक्षा र स्वास्थ्यमा लगानी गर्ने उदेश्य रहेको उनले बताए । सो उदेश्य हासिल गर्न निर्देशिका तयार गरिएको पनि उनले बताए ।

नेपाल ट्रस्टमा स्वर्गीय वीरेन्द्र र उनको परिवारको अचल सम्पत्ति अन्र्तगत १ अर्ब ६९ करोड रुपैयाँ प्राप्त भएको सचिव सिंहले जानकारी दिए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।