यस्तो रह्यो शहिदभुमी गाँउपालिकाको पहिलो बर्ष ? – हेर्नुहोस् भिडियो सहित
नेपालको सङ्घिय सम्रचना अन्तर्गत प्रदेश नं. एक मा पर्दछ धनकुटा जिल्ला जुन राणा शासन कालमा गौंडाको रुपमा प्रख्यात थियो । पहाडै-पहाडले घेरिएको धनकुटा जिल्ला ८९१ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको छ ।
नेपाल सरकारले २०७३ फाल्गुण २७ गते ७ तहमा बिभाजन गरेको हो । तिनै सात स्थानीय तह मध्ये एक हो शहिदभुमी गाँउपालिका । साविकका खोकु, छिन्ताङ्ग र आँखिसल्ला गाउँ विकास समितिहरूलाई गाभेर शहिदभुमी गाँउपालिका बनाइएको हो । यसको केन्द्र खोकुको पिप्ले डाँडामा रहेको छ ।
यस गाउँपालिकालाई जम्मा ७ वडा कायम गरिएको छ भने कुल क्षेत्रफल ९९.५५ वर्ग किमी रहेको छ । पूर्वी नेपालकै प्रसिद्द धार्मीक स्थल छिन्ताङ् जालपादेवी मन्दिर रहेको यसै गाऊपलिकासम्बन्धि तयार गरिएको एक भिडियो रिपोर्ट हेर्नुहोस् – यस्तो रहयो शहिदभुमी गाँउपालिकाको पहिलो बर्ष


