परिक्षणका लागि लगाईएको जापानी उन्सु जातको सुन्तला !
धनकुटा नगरपालिका वडा नं. १० को पारिपात्ले स्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमले परिक्षणका लागि लगाएको लटरम्म फलेको जापानी उन्सु जातको सुन्तला ।
बिभिन्न २२ जातका सुन्तलाको अनुसन्धान गरिरहेको अनुसन्धानले भदौ र असोजका बीचमा पाक्ने उन्सु जातका ५ वटा सुन्तला जातको अनुसन्धान गरिरहेको कार्यालयका बरिष्ठ बैज्ञानिक हरिकृष्ण श्रेष्ठले जनकारी दिए ।
यो सुन्तला ८ सय मिटर देखि १ हजार ३ सयमिटरको उचाई सम्मको हावापानीमा खेती गर्न सकिने श्रेष्ठले जानकारी दिए ।


तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


