छथरजोरपाटीद्वारा त्रैमासिक प्रगति बिवरण सार्वजनिक

धनकुटा । छथर जोरपाटी गाउँपालिका धनकुटाले आफ्नो त्रैमासिक प्रगति सार्वजनिक गरेको छ ।

गाउँपालिकाले दशै तथा तिहारको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेर उक्त जानकारी दिएको हो ।

शुभकामना तथा सार्वजनिकीकरण कार्यक्रम गरेर गाउँपालिका अध्यक्ष शेर बहादुर लिम्बुले पूँजिगत तर्फ ४७ लाख ६१ हजार र चालु तर्फ ५२ लाख बराबरको आर्थिक प्रगति भएको जानकारी दिनुभयो ।

कार्यक्रममा हाल भईरहेका भौतिक, सचेतना, अनुदान लगाएत बिभिन्न ४४ वटा कार्यक्रमका बारेमा जानकारी दिईएको थियो ।

बिभिन्न ७ वटा ऐनहरुको कार्यान्वयन तथा ब्यबस्थापन गरिरहेको गाउँपालिकाले हाल सम्म ८ लाख ५० हजार कर संकलन गरेको जानकारी दिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका सदस्य शिव आङ्ला,गाउँपालिकाकी उपाध्यक्ष भीमकला श्रेष्ठ,निर्माण ब्यबसायी संघका केन्द्रिय सदस्य यज्ञ प्रसाद खतिवडा लगाएतले शुभकामना दिनुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।