शसस्त्र प्रहरीले दियो धनकुटाबासीलाई दशै-तिहारको शुभकामना !
धनकुटा । शसस्त्र प्रहरी बल नेलाल गुल्म हेड क्वाटर अन्तर्गत ६ नं.गुल्म धनकुटाले दशै तथा तिहारको अबसरमा शुभकामना आदानप्रदान गरेको छ ।
गुल्मले आईतबार एक रात्रीभोज र साँस्कृतिक कार्यक्रम गरेर शुभकामना आदानप्रदान गरेको हो । कार्यक्रममा ६ नं. गुल्म प्रमुख बालकृष्ण श्रेष्ठले धनकुटाबासी सबैलाई आउन लागेको दशै, तिहार, छठ लगाएतका पर्वको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा धनकुटाका प्रदेश सभासद्हरु निरन राई, ईन्द्रमणी पराजुली, कसुम कुमारी श्रेष्ठ, लिला सुब्बा लगाएत स्थानिय निकायका प्रतिनिधि, सुरक्षा तथा प्रशासनका प्रमुख, स्थानिय उद्योगी ब्यबसायी लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा हाम्रो बहुमुखी पाठसाला धनकुटाका कलाकारहरुले बिभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेर मनोरन्जन दिएका थिए । उक्त कार्यक्रमको अन्त्यमा नेपाल पत्रकार महासंघ धनकुटाले हाउजी बिङ्गो खेल खेलाएर थप मनोरन्जन गराएको थियो ।


