बौदिक बिकास धनकुटाको चिठ्ठा नतिजा सार्वजनिक, – हेर्नुहोस् क-कस्ले जिते पुरस्कार ?

धनकुटा । बिगत २० बर्ष देखि चिठ्ठा कार्यक्रम गर्दै आएको बौदिक बिकास समिति धनकुटाले बिजया दशमीको उपलक्षमा खेलाएको चिठ्ठा कार्यक्रम सम्पन्न गरेको हो ।

समितिले ३० गते शोमबार नेपाल पत्रकार महासंघ धनकुटा र जेष्ठ नागरिकहरुको उपस्थितमा चिठ्ठा कार्यक्रम सम्पन्न गरेको छ । समितिले ५ सान्तत्वना पुरस्कार सहित पहिलो,दोस्रो,तेश्रो र चौथो गरी ९ वटा पुरस्कार सार्वजनिक गरेको हो ।

पहिलो पुररस्कार चिठ्ठा नम्बर ०३८२ धनकुटा नगरपालिका ६ का राजेशलाई सिहलाई स्मार्ट टिभी परेको छ । त्यस्तै दोस्रो पुरस्कार फ्रिज चिठ्ठा नम्बर १५४४ सावित्रा ढकाल धनपा ९ गुठिटारलाई परेको छ ।

तेश्रो पुरस्कारका रुपमा राखिएको ४ आना सुन लुईटेल चिठ्ठा नम्बर १३३७ का सायना सुमानी लुईटेलले जितिन् । चौथो पुरस्कार स्ट्याण्ड फ्यान चिठ्ठा नम्बर १२८८ धनकुटाका प्रत्युस पोखरेलले जिते ।

सान्तत्वना पुरस्कार तर्फ राखिएको ५ लिटरको राईस कुकर चिठ्ठा नम्बर १०९९ गुरुदेव बराल धनकुटा,चिठ्ठा नम्बर ००८८ रेन्जिता श्रैष्ठ धनकुटा,चिठ्ठा नम्बर ०११७ रत्ना श्रेष्ठ धनकुटा,चिठ्ठा नम्बर ०६३५ अरिन श्रेष्ठ धरान र चिठ्ठा नम्बर १६३२ दिपेन्द्र निरौला धनकुटाले जितेका छन् ।

उपलब्ध बिजयीहरुलाई नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ,संस्थापक अध्यक्ष बिजय सन्तोषी राई र पूर्व अध्यक्ष खगेनद्र प्रसाद घिमिरेले पुरस्कार प्रदान गर्नुभएको थियो । बाँकी बिजेताहरुले आफ्नो चिठ्ठा नम्बर लिएर संस्थाको कार्यालयमा यथासिघ्र सम्पर्क गर्न समितिका अध्यक्ष सुवास चन्द्र जोशीले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖