विभिन्न कार्यक्रम गर्दै जलरुपा क्लव चौविसेले मनायो वार्षिकोत्सव
धनकुटा । जलरुपा युवा क्लव चौविसे गाउँपालिका २ ऐसेलुखर्कले विभिन्न प्रतियोगितात्मक तथा सांस्कृतीक कार्यक्रम गर्दै आफ्नो दोश्रो वार्षिकोत्सव मनाएको छ ।
क्लवका अध्यक्ष टंक वहादुर याख्खाको अध्यक्षता तथा किराँत याख्खाछुम्माका केन्द्रिय सदस्य सञ्च वहादुर मादीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा याख्खा भाषाको हाजिरी जवाफ र नृत्य प्रतयोगिता सञ्चालन गरिएको थियो ।
जसअनुसार हाजीरी जवाफ तर्फ चर्तुसिंह मादीको समूह प्रथम, सुमन याख्खाको समूह दोश्रो र अनिता मादीको समूह तेश्रो भएकाछन् । त्यस्तै नृत्य तर्फ नव युवा क्लव चौविसे गाउँपालिका ३ कुरुलेतेनुपा प्रथम, किरातेश्वर युवा मांहिम क्लव चौविसे गाउँपालिका ३ कुरुले तेनुपा दोश्रो र सल्लेरी युवा क्लव चौविसे गाउँपालिका २ चावावुंग तेश्रो भएकाछन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सहितकाले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा वोल्दै प्रमुख अतिथि मादीले संस्कृती परम्पराको संवद्र्धन प्रवद्र्धन गर्नु आफ्नो नैतिक दायित्व भएको वताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सहित शिक्षक गजेन्द्र घिमिरे,मान वहादुर वस्नेत लगायतकाले मन्तव्य राखेका थिए । स्वागत मन्तव्य चक्रमादीले राख्नुभएको थियो भने सञ्चालन किरणमादीले गर्नुभएको थियो ।


