उन्नत जातको बिउ अनुदानमा पाएसंगै फूलैफुलले ढाक्यो गाउँ !

धनकुटा खबर । धनकुटाको वडा नं. ३ यति बेला सयपत्री फूलले ढाकेर ढकमक्क बनेको छ ।

यस वडामा अहिले प्राय: सबै घरका करेसाबारी र बारीहरुमा तिहारका लागि फुल फलेको देख्न पाईन्छ । फूलको पकेट क्षेत्रको रुपमा रहेको यस वडाको फूल खेतीलाई थप प्रवद्र्धन गर्न ७५ प्रतिशत अनुदानमा यो पटक फूलको बिउ बितरण गरेको छ ।

वडाका १ सय ५० कृषकलाई २ लाख ५० हजार बरावरको उन्नत जातको बिउ वितरण गरेपछि यो वडाका स्याउले, सितेन, निगाले, कागते लगाएतका गाउँहरु फूल फुलेर रंगिन भएका छन् ।

वडाको करिव २ सय रोपनीमा लगाईको सयपत्री फूलबाट यो तिहारमा वडाका कृषकले ७५ लाख भन्दा बढीको फूल बेच्ने वडा अध्यक्ष बिकास घिमिरेले जानकारी दिनुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।