साईनिङ्ग क्लव चौविसेले हातपार्यो ऐतिहाँसिक खुल्ला नकआउट फुटवल प्रतियोगिताको जीत

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका ४ भैसेटारमा सञ्चिालन भएको ऐतिहाँसिक खुल्ला नकआउट फुटवल प्रतियोगिताको जीत साईनिङ्ग स्पोर्टिङ क्लव चौविसेले हात पारेको छ ।

तेह्रथुम पञ्चकञ्या फुटवल क्लवसँग आज फाईनलमा भीडेको उसले ० को विरुद्ध ३ गोल लगाउदै जीत हाँसिल गरेको हो । जीत संगै उस्ले नगद २५ हजार पुरस्कार प्राप्त गरेको छ भने दोश्रो स्थानमा चित्त वुझाएको तेह्रथुम पञ्चकञ्याले नगद १२ हजार ५ सय नगद पुरस्कार पाएको छ ।

कोशी भ्याली युवा क्लव चौविसे गाउँपालिका भैसेटार धनकुटाद्धारा दशै,तिहार र छठ पर्वको अवसरमा आयोजित प्रतियोगितामा जम्मा १२ टिमको सहभागीता थियो । प्रतियोगिता गत कार्तिक ७ गतेदेखी सञ्चालन भएको थियो ।

विजयी समूहहरुलाई प्रतियोगिता समापन कार्यक्रमको वीच पुरस्कार वितरण गरिएको स्थानिय विनोद मगरले जानकारी दिनुभयो । आयोजक क्लवका अध्यक्ष राजन माझीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अभिभावक विन्द्र माझीले पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन क्लवका सचिव मंगल माझीले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।