धनकुटामा फलफुल कारोबार टन्नै हुन्छ तर तथ्यांक छैन !
धनकुटा । दशै, तिहार जस्ता चाडपर्वमा तुलनात्मक रुपमा फलफुलका कारोबार बढी हुने गरेको छ ।
दशै, तिहार जस्ता चाडपर्वमा मात्र नभएर अन्य समय पनि धनकुटामा फलफुल कारोबार टन्नै हुने गरेको छ । भारत सहित चीन, बंगलादेश लगायतका मुलुक बाट आयत भएका व्यावसायीहरुले फलफुल विक्रि धनकुटामा समेत गर्ने गर्दछन् तर अहिले सम्म पनि यहाँ कति बार्षिक र दशै, तिहार जस्ता चाडपर्वमा कति मुल्य बराबरको फलफुल विक्रि र कति आयत हुन्छ भन्ने तथ्याङ्क छैन् ।
यस्ता बिषयको तथ्याङ्गक राख्ने निकाय पहिलाको जिल्ला कृषि विकास कार्यालयमा पनि यस्तो तथ्याङ्गक अहिले सम्म रेकड नरहेको जिल्ला कृषि विकास कार्यालयमा लामो समय कार्यगरी सुचना अधिकारीको जिम्बेवारीमा रहि काम गरेका सिकाई कार्यलयका बालिसंरक्षण अधिकृत सूर्य सापकोटाले बताए । उनले भने फलफुलको कारोबार धनकुटामा सबै समयमा हुने र दशै, तिहार जस्ता चाडपर्वमा तुलनात्मक रुपमा फलफुलका कारोबार बढी हुने गरे पनि कस्तो फलफुल कति मात्रामा उपभोग हुन्छ अर्थात कारोबार हुन्छ भन्ने आधिकारी तथ्याङ्गक अहिले सम्म नभएको जानकारी दिए ।
यता व्यावसायीले पनि दशै, तिहार जस्ता चाडपर्वमा तुलनात्मक रुपमा फलफुलका कारोबार बढी हुने गरेको बताए पनि कति मात्रामा हुन्छ भन्ने जानकारी नभएको बताउछन् । धनकुटामा सुन्तला, स्याउँ, केरा, भुइकटहर लगायतका आयतित फलफुलको कारोबार हुने गरेको छ ।
यस्ता आयातित फलफुलको हुने कारोबार र तथ्याङ्गक राख्न सम्बन्धीत निकायले ध्यान दिनु पर्ने देखिन्छ ।


