धनकुटामा बस र मोटरसाईकल आपसमा ठोक्किए, दुईजना घाईते

धनकुटा । धनकुटामा सवारी दुर्घटनामा परी दुईजना घाईते भएका छन् ।

कोशीराजमार्गको धरान धनकुटा सडकखण्ड अन्र्तगत वडा नम्वर ९ गुठीटार नजिक भएको दुर्घटनामा धनकुटा नगरपालिका वडा नम्वर ६ वस्ने २४ वर्षिय सुदिप जोशी र ५९ वर्षिय भागवत वहादुर जोशी घाईते भएको जिल्ला टाफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

काठमाँडौ बाट तेह्रथुमतर्फ जादैँ गरेको ना ख १३४७ नम्वरको बस र विपरीत दिशातर्फ जादैँ गरेको को २२ प ५५१ मोटरसाईकल आपसमा ठक्कर खादाँ दुर्घटना भएको हो । घाईतेहरुको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस र चालकलाई मुलघाट प्रहरीचौकिले नियन्त्रणमा लिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖